नन्दिवाङ खोला लघु जलविद्युत आयोजना पुनःनिर्माणपछी सञ्चालनमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०८ पटक पढिएको

पहिरोका कारण बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेको नन्दिवाङ खोला लघु जलविद्युत आयोजना पुनःनिर्माणपछी सञ्चालनमा आएको छ ।

कार्तिक २ गते मल्कवाङको नन्दिवाङमा पहिरोले पाइपलाइनको करिब ४० मिटरमा क्षति पुगेको थियो ।

वडाध्यक्ष खर्ककुमारी छन्त्यालका अनुसार धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि त्यहाँ बिजुली बालिएको हो । कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा अहिले पुना बिजुली बलेको उनले बताइन् । 

परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको  बताए । वि.सं. २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पुराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित