बैतडीमा विद्यालय पाँच दिनका लागि बन्द हुँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५३ पटक पढिएको
बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् ।
गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ । उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने सूचारु रहने जनाइएको छ ।
शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएको छ । रासस
प्रतिक्रिया दिनुहोस