नेटोले रुसमा आफ्नो शासन परिवर्तन नगर्ने : जर्मनी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९८ पटक पढिएको
जर्मनीले मस्कोले युक्रेनमा आक्रमण गरे पनि रुसमा आफ्नो शासन परिवर्तन गर्ने उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को मनसाय नभएको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई "सत्तामा बस्न नसक्ने कसाई" भनेपछि उक्त टिप्पणी आएको हो।
सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई "रसियामा शक्ति परिवर्तन गर्ने नेटोको मनसाय नरहेको र अमेरिकी राष्ट्रपतिको पनि रसियामा शक्ति परिवर्तन गर्ने उद्देश्य नरहेको बताए ।
सोल्जले थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ ।
लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए । तर, स्वतन्त्रताको लागि लड्नु जनता र राष्ट्रहरूको लागि भएको उनको भनाई छ ।
युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस