१० छाप्रामा चितवन राष्ट्रिय निकुञ्जले आगो लगाइदियो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४१ पटक पढिएको
माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका सुकुमबासीका १० छाप्रामा चितवन राष्ट्रिय निकुञ्जले आगो लगाइदिएको छ ।

आइतवार दिउँसो निकुञ्जले छाप्रामा आगो लगाएको हो । निकुञ्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै १० निकुञ्जले आगलागी गरेको जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कुमुसखोलाका सुकुमबासीहरूलाई अन्यत्रै स्थानान्तरण गरिसकेपछि पनि केही व्यक्तिहरू आएर पुनः छाप्रा हाल्न थालेपछि हटाउने प्रयास गरिएको थियो । तर सुकुमबासीहरूले नटेरेपछि आगो लगाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस