वाङ यी स्वदेश फिर्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १७० पटक पढिएको

तीन दिने नेपाल भ्रमण पुरा गरी चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसहितको टोलीले भ्रमण पश्चात आइतबार दिउँसो वाङ लाई  बिदाइ गरेका हुन्।

गत शुक्रबार काठमाडौं आएका वाङले आफ्नो औपचारिक भ्रमण अवधिभर प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई देश बिचको सम्बन्धको बारेमा छलफल भएको थियो । साथै यीले नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

वाङ यीले हिजो साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘प्रतीकात्मक साँचो’ हस्तान्तरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित