संक्रामक रोग टाइफाइडविरुद्धको खोप नेपालमा पहिलो पटक लगाइदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २७८ पटक पढिएको
ज्यान जोखिममा पार्नसक्ने संक्रामक रोग टाइफाइड (म्यादे ज्वरो) को खोप नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई लगाइने भएको छ । सरकारले चैत २५ गते देखि बैशाख १८ गते सम्म १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका लागि टाइफाइड खोप अभियान सञ्चालन गर्ने भएको हो ।
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा हुनेछ र सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । यो खोप निशुल्क पाइने र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशेषज्ञहरुका अनुसार टाइफाइड (म्यादे ज्वरो) ज्यान जोखिममा पार्नसक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्ने गर्दछ ।
यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाईएकाले उक्त खोप अभियान सञ्चालन गर्न लागिएको हो । कुनै वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा र हाल उच्च ज्वरो आएका वा सिकिस्त बिरामी भएकाहरुले यो खोप लगाउनु हुँदैन ।
यदि साधारण बिरामी भएको अवस्था जस्तै : हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा भने यो खोप लगाउन सकिन्छ ।