भारतमा दिन प्रतिदिन पेट्रोल तथा डिजेलको मूल्यमा बृद्दि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८१ पटक पढिएको

भारतमा दिन प्रतिदिन पेट्रोल तथा डिजेलको मूल्य मा बृद्दि आएको छ।  यसपटक फेरी ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ ।

आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९.११ पैसा भएको छ । त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९०.४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८.६१ र डिजेल प्रति लिटर भारु ८९.८७ थियो । मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ ।

पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित