इंग्ल्यान्डल आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५१ पटक पढिएको

इंग्ल्यान्डले आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई १ सय रनले पराजित गर्दै  इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो । 

प्रतियोगिता न्यूजिल्यान्डको वेलिङ्टनमा भएको थियो ।

इंग्ल्यान्डले ७ खेल बाट  ४ खेल जित्दै ८ अंक बनाएको छ । यस अघि नै अष्ट्रेलिया र दक्षिण अफ्रिकाले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

दुई सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अलआउट हुदै १ सय ३४ रनमा सिमित रह्यो ।

इंग्ल्यान्डका जितको लागि सोफी डंकलीले सर्वाधिक ६७ रन जोडेकी थिन् । 

लता मोन्डलले बंगलादेशका लागि  सर्वाधिक ३० रन जोडिन् भने बंगलादेशका लागि सलमा खातुनले सर्वाधिक २ विकेट हात पारिन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित