युक्रेनमा रुसको आक्रमण मस्कोको लागि ‘रणनीतिक असफलता’ : बाइडेन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२८ पटक पढिएको

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको आक्रमणलाई मस्कोको लागि ‘रणनीतिक असफलता’ भनेका छन् । उनले अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा बस्न नसक्ने बताएका छन् । क्रेमलिनले राष्ट्रपति बाइडेनको उक्त्त टिप्पणीको निन्दा गरेको छ। क्रेमलिनले आफूसँग आफ्नो राष्ट्रपति चयन गर्ने अधिकार रहेको बताएको छ।

विश्व प्रजातन्त्रलाई युक्रेनको समर्थनमा एकजुट हुन आग्रह गर्दै गरेको घृणित भाषणमा राष्ट्रपति बाइडेनले पुटिनलाई औंल्याउँदै भगवानको खातिर यो मानिस सत्तामा रहन सक्दैन भनेका हुन् ।

दिमित्री पेस्कोभले रोयटर्ससँग निर्णय गर्ने अधिकार बाइडेनमा नभएको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित