पार्टीमा प्रवेश गर्नेहरूको लहर आकर्षक : नेपाल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०६ पटक पढिएको

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर आकर्षक भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको उनले बताएका छन् ।

नेपालले आइतबार बिहान समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरेका छन् । उनले यसलाई सकारात्मक पक्ष भन्दै समाजवादी प्रेस संगठनले तत्काल सञ्चार माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । उनले निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन समेत आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित