अन्तिम मतदाता नामावली प्रकाशन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९६ पटक पढिएको

स्थानीय तह निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदैछ । मतदाता नामावलीमा परेको दाबीको विरोध गर्दै निर्वाचन आयोगले आज योग्य मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगका अनुसार विरोधपछि मतदाता संख्या एक लाखले घटेको छ भने आगामी स्थानीय निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न सक्नेछन् ।

मतदाता दर्ता ऐन अनुसार अद्यावधिक गरिएको मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशित गरिसक्नुपर्ने व्यवस्था छ । तसर्थ, अन्तिम सूची प्रकाशित भएपछि यसलाई कुनै पनि हिसाबले हेरफेर, थप्न वा सच्याउन पाइँदैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित