पुरुषका लागि गर्भनिरोधक औषधि
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५२ पटक पढिएको
पुरुषहरुका लागि पनि गर्भनिरोधक चक्की पाइने भएको छ । अहिलेसम्म महिलेहरुले मात्र प्रयोग गर्ने गरेको चक्की अब बजारमा पुरुषहरुका लागि पनि चक्की पाइने भएको छ ।

वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट पुरुषका लागि ९९% प्रभावकारी गर्भनिरोधक औषधि पत्ता लगाएका छन् । उक्त नन हर्मोनल ड्रगको नाम वाईसीटी५२९ (YCT529) राखिएको छ । यसले औषधिले पुरुषको शरीरमा प्रोटिनको सञ्चार बन्द गरिदिन्छ भने जसले शुक्रकिटलाई पनि रोक्न सक्छ । यसअघि ब्रिटेनका पुरुषहरुमा गर्भनिरोधक चक्कीको परीक्षण गरिएको थियो । उक्त अनुसन्धानको नेतृत्व गरिरहेका प्रोफेसर गुण्डा जर्जले यो चक्की धेरै प्रभावकारी भएको बताएका छन् ।
वैज्ञानिकहरुले उक्त औषधि मुसामा परीक्षण गराइसकेका छन् । लगभग चार हप्तासम्म मुसालाई खान दिइएको यो ड्रग चारहप्तापछि फेरि औषधि खान बन्द गराएपछि मुसाको बच्चा भएको थियो । महिलाले प्रयोग गर्ने गर्भनिरोधक औषधिहरुले महिनामा एक पटक मात्र हुने ओभ्यूलेशनलाई रोक्ने र गर्भ रहन नदिने काम गर्छ भने लाखौँको संख्यामा उत्पादन हुने शुक्रकिट रोक्नका लागि पुरुषले गर्भनिरोधक औषधिको प्रयोग हरेक दिन गर्नुपर्ने वैज्ञानिकहरुले बताएका छन् ।