पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३१ पटक पढिएको

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुँदैछ । चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सम्पन्न भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका अनुसार चिनियाँ निर्माण कम्पनी सीएएमसीईले विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडान हस्तान्तरण गर्ने भएको हो ।

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार टोकनका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको विमानस्थल आयोजना प्रमुख विनेश मुननकर्मीले बताए ।

उनका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘प्रतीकात्मक साँचो’ हस्तान्तरण गर्नेछन् । सोही अवसरमा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पोखरा आयोजनास्थलमा चिनियाँ निर्माण कम्पनीलाई प्रशंसा पत्र प्रदान गर्ने कार्यक्रम छ । विमानस्थलको मुख्य निर्माण र मेकानिकल जडानको काम सकिएपछि हस्तान्तरण गर्न लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित