होटल टाइगर प्यालेसले अदालतको आदेश अवज्ञा गर्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- २११ पटक पढिएको
सरकारी जग्गामा बनेको रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेसले अदालतको आदेश अवज्ञा गर्दै जग्गा बिक्री गर्ने प्रक्रिया छाडेको छैन ।

होटलले अदालतको प्रतिबन्धको आदेशको पालना गरेको छैन। जग्गा नापेको आदेशलाई अस्वीकार गर्दै होटलले अदालतले पठाएको सर्वे टोलीलाई अवरोध गर्दै भित्रबाट जग्गा खरिद बिक्रीमा हेराफेरी गरिरहेको छ ।
सम्पत्ति नियन्त्रणको आदेश पालना नगरेको भन्दै साउन २८ गते रुपन्देही जिल्ला अदालतमा होटलविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो । मुद्दामा अदालतले अदालतको अवहेलना गरेको भन्दै तीन हजार रुपैयाँ जरिवाना गरेको थियो ।
उक्त मुद्दामा न्यायाधीश नरेश्वर भण्डारीले सरकारी स्वामित्वको जग्गामा संरचना निर्माण, जग्गा बिक्री, दृश्यावलोकनलगायतका काम नगर्न अन्तरिम आदेश दिएका थिए । तर, व्यवस्थापनले होटल बेच्ने षड्यन्त्र गरेपछि पुनः सम्पूर्ण सम्पत्ति फिर्ता लिने मुद्दा अदालतमा उठ्यो । जसमा जिल्ला अदालतले २०७६ साउन २० र २९ गते शेयर, जग्गा, संरचनालगायत सम्पूर्ण सम्पत्ति जफत गर्न छुट्टाछुट्टै आदेश दिएको थियो ।