आइतबार बस्ने गरी काँग्रेस केन्द्रीय कमिटीको बैठक स्थगित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७६ पटक पढिएको

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार ११ बजे बस्ने गरी सकिएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने वा नहुने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।

धारणा राख्ने अधिकांशले आगामी वैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका थिए । यद्दपि कोहि प्रतिनिधिले भने तल्लो तहलाई जिम्मेवारी दिएर गठबन्धन गरेर जानुपर्ने धारणा राखेका थिए । बैठकमा महामन्त्री गगन थापाले बैठकका एजेन्डा प्रस्तुत गरेको केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित