नेपाल तेक्वान्दो संघले राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३१७ पटक पढिएको
झन्डै तीन वर्षपछि नेपाल तेक्वान्दो संघले राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता फागुनमा सम्पन्न हुनेछ । छनोट प्रतियोगिता पश्चात ललितपुरमा १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते आयोजना हुनेछ ।
१६औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०७६ वैशाखमा भैरहवामा आयोजना भएको थियो ।
शुक्रबार तेक्वान्दो संघले आयोजना गरेको पत्रकार सम्मेलनमा दुई वर्षदेखि राष्ट्रिय टोलीको प्रशिक्षण नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि टिम तयार गर्न च्यामिपयनसिप आयोजना गरिएको जानकारी दिएको छ ।
च्याम्पियनसिप सातदोवाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ । २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि हुने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीका तीन सय खेलाडीको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस