नेपालाले पायो २ सय ९३ रनको लक्ष्य

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०२ पटक पढिएको

पपुवा न्यूगिनीले एक दिवसीय क्रिकेटमा नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।

एक दिवसीय क्रिकेटमा नेपालविरुद्धको खेलामा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च रन हो । दुई सय ९२ रन बनाउँदा पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । 

नेपालका कमल ऐरी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र पवन सराफले समान १–१ विकेट लिए ।

अहिले नेपालाले ब्याटिङ गर्दै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित