चैत १४ गते मनकामना केबलकार बन्द हुने
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३६४ पटक पढिएको
मनकामना केबलकार चैत १४ गते एकदिनको लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा. लिमिटेडले नियमित मर्मतसम्भार गर्नुपर्ने कारण दर्शाउँदै चैत १४ गते एक दिन केबलकार बन्द गर्ने जनाएको छ ।

केबलकार सञ्चालक समितिका अनुसार मर्मतसम्भारपछि केबुलकार यही महिनाको १५ गतेदेखि नियमित सञ्चालनमा आउनेछ । उक्त अवधिमा बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा यथावत नै रहने छन् ।
प्रतिक्रिया दिनुहोस