चिनियाँ विदेशमन्त्री वाङ आज दिउँसो नेपाल आउँदै
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३२ पटक पढिएको
तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ आज दिउँसो नेपाल आउँदैछन् ।

वाङले पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरिसकेका छन् । वाङ भारत हुँदै नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी निर्धारित समयभन्दा केही घण्टा अगाडि नेपाल आउँदैछन् ।
राजनीतिक दलका उच्च पदस्थ नेताहरूले दुई देशबीचको सम्बन्ध चिसिएको अवस्थामा हुन लागेको चिनियाँ परराष्ट्रमन्त्रीको भ्रमणलाई प्रमुख सम्बन्ध सुधार्ने अवसरका रुपमा लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस