महिला कलाकारमाथि हातपात गरेपछि युवा संघका केन्द्रीय सदस्य हिरासतमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०१ पटक पढिएको

महिला कलाकारलाई हातपात गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ परेपछि उनलाई  जिल्ला अदालत काठमाडौं म्याद थपका लागि लागिएको छ। उनीविरुद्ध  महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा  मुद्दा चलाइने प्रहरीले जनाएको छ । बमले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए ।

बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको  सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बताएका छन्। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित