सुनको मुल्य प्रतितोलामा ६०० रुपैयाँले वृद्धि
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०४ पटक पढिएको
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर आज १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ६०० ले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीवारको तुलनामा शुक्रबार तोलामा ६०० सय रुपैयाँले वृद्धि आएको हो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनसँगै चाँदीको मूल्यमा २५ रुपैयाँले वृद्धि आएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस