योगी आदित्यनाथ मुख्यमन्त्रीको सपथ लिँदै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५९८ पटक पढिएको

योगी आदित्यनाथले उत्तर प्रदेशमा दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीको सपथ लिनुभन्दा केही घण्टाअघि प्रहरीको कारबाहीमा एक व्यक्तिको मृत्यु भएको छ। उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा प्रहरी इन्काउन्टरमा राहुल सिंह नामका एक व्यक्तिको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार उनीमाथि अलीगञ्ज ज्वेलर्समा लुटपाट गरेको आरोप थियो ।

उनी हसनगञ्ज क्षेत्रमा रहेको थाहा पाएपछि लखनउ प्रहरीले शुक्रबार बिहान उक्त क्षेत्र घेराबन्दी गरेको थियो । दुवै पक्षबाट प्रहरीले गोली हानेर उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योगी आदित्यनाथले मुख्यमन्त्रीका रूपमा लगातार दोस्रो कार्यकाल सम्हाल्दै गर्दा आजको सपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इकाना स्टेडियममा हुने सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य विशिष्ट अतिथिहरू सहभागी छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित