विश्व बैंकद्वारा नेपालका लागि करिब १८ अर्ब रुपैयाँ ऋण स्वीकृत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६९ पटक पढिएको

नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) विश्व बैंकले ऋण लिने प्रस्ताव स्वीकृत गरेको छ। नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसका अनुसार  यो परियोजनाले नेपालको वित्तीय क्षेत्र बलियो बनाएर हरित, लचिलो र समावेशी पुनरुत्थान र वृद्धि मार्गमा योगदान पुर्‍याउने दाबि गरेका छन्।

बैंकले नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको जानकारी दिएको छ। यसैबीच बैंकले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न समेत सहयोग गर्ने  बह्येको छ।

साथै निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग पुर्‍याउन वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न सहयोग गर्ने समेत विश्व बैंकले उल्लेख गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित