पिचको माग गर्दै यातायात अवरुद्ध

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०४ पटक पढिएको

ललितपुरको हरिसिद्धीका बासिन्दाले सडक मर्मत र पिचको माग गर्दै यातायात अवरुद्ध गरेका छन् ।काठमाडौंको थली र ललितपुरको
सातदोबाटो–चापागाउँका बासिन्दाले पहिले नै सडक अवरुद्ध गरेका छन् । हरिसिद्धीका बासिन्दाले पनि आजदेखि सडक अवरुद्ध गरेका गरेका हुन्।

महानगरीय ट्राफिक प्रहरीका अनुसार हरिसिद्धिमा स्थानीयको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको हो । सातदोबाटोबाट हरिसिद्धि हुँदै गोदावरी जाने सवारीसाधनलाई क्यान्सर अस्पताल र सानागाउँबाट आउने–जाने व्यवस्था गरिएको छ । त्यसैगरी गोदावरीबाट आउने सवारीसाधनलाई थाइब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने–जाने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित