चैतको तेस्रो साता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०२ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चैतको तेस्रो साता भारत भ्रमणमा जाने भएको छन्। प्रधानमन्त्री देउवाको चैत्र १८ देखि २१ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ। 

बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने संभावना रहेको छ भने भारत भ्रमणबारे सबै तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी रहेको छ।

देउवा यसअघि पनि भारत भ्रमणको तयारीमा थिए । तर, कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्ध भएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित