जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच टेलिफोन वार्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८१ पटक पढिएको

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनबीच टेलिफोन वार्ता भएको छ । बुधबार युक्रेनी मिडियालाई उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोनमा कुरा गरेको बताएका थिए।

उनले बुधवार भने, "हामीले युक्रेन विरुद्ध रुसको आक्रमणको सामना गर्न सहयोगको आवश्यकता बारे बेलायतका प्रधानमन्त्रीसँग कुरा गरेका छौं।" ग्रुप अफ ७ को बिहीबारको बैठक अघि, युक्रेनी राष्ट्रपति जेलिन्स्कीले बेलायतका प्रधानमन्त्री जोनसनले युक्रेनलाई बेलायतले केही सहयोग गर्ने घोषणा गरेको बताए।

यसअघि बेलायती प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका थिए । उनले युक्रेनलाई बचाउनका लागि विश्व समुदायलाई सैन्य सहयोग गर्न पनि आग्रह गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित