सुनको मुल्य प्रतितोलामा ११०० रुपैयाँले वृद्धि
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३० पटक पढिएको
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेर आज १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ११०० ले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीवार तोलामा ११०० सय रुपैयाँले वृद्धि आएको हो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुनसँगै चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि आएको छ ।
बिहीवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस