१४ वर्षीया किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९४ पटक पढिएको
भक्तपुर, १४ वर्षीया किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका-२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस