साताको तीन दिन सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६५ पटक पढिएको

साताको तीन दिन सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ । यात्रुको चाप बढ्दै गएपछि जनकपुर–पोखरा दैनिक उडान संचालन हुने भएको छ। यसअघि हप्ताको तीन दिन सोमबार, बिहीबार र शनिबार उडान हुने गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले गत फागुन २१ गतेदेखि सुरु भएको तीन दिने जनकपुरधाम–पोखरा सातका उडान बिहीबारदेखि दैनिक रुपमा सञ्चालन भएको जानकारी दिए ।

जनकपुर–पोखरा उडानले मधेश र पहाडबीचको पर्यटनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरको दर्शन गर्न लाखौं भारतीयहरु जनकपुरधाम आउने गर्दछन् ।

उनीहरु पोखरालगायत मुक्तिनाथ घुम्न उत्तिकै चासो राख्छन् । जनकपुर–पोखरा उडान सुरु भएपछि उनीहरु पोखरा पुग्न सक्नेछन् । हवाई यात्राले मधेस–पहाड लिंक स्थापना गरी पर्यटन विकासमा टेवा पुग्ने छ । यो नियमित उडानले पर्यटन प्रवद्र्धनमा ठूलो फड्को मार्ने होटल व्यवसायी संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित