नेपालगन्जमा हुने प्रधानमन्त्री कपमा एपीएफले सहभागिता नजनाउने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४०२ पटक पढिएको

महिला भलिबलमा एक दशकभन्दा बढी समय आफ्नो वर्चस्व कायम राखेको विभागीय टोली एपीएफले तीन पटक नेपालगन्जमा भएको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । तर यो पटक भने एपीएफले बिहीबारबाट सुरु हुने आठौं संस्करणमा सहभागिता नजनाउने भएको छ।

अधिकांश प्रमुख खेलाडी घाइते भएपछि च्याम्पियन टोलीले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो । एपीएफका प्रबन्धक विजय केसीका अनुसार सिनियर टोलीका ५ खेलाडी घाइते भएका छन् ।

प्रमुख खेलाडी सरस्वती चौधरी एसीएलको शल्यक्रियापछि फिजियोथेरापी गराइरहेका छन् ।अनुभवी कप्तान विनिता बुढाथोकी र युवा खेलाडी निरुता ठगुन्ना पनि पूर्ण रुपमा फिट  छैनन् । पूजा चौधरी आन्तरिक प्रशिक्षणमा रहेकाले टोलीमा छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित