तातोपानी नाका हुँदै २३२ मेट्रिक टन युरिया मल नेपाल भित्रियो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १११ पटक पढिएको

तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल नेपाल भित्रिएको छ। चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले जानकारी दिएका छन्।

चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटलाई जिम्मेवारी दिइएको थियो । उक्त मलको भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताएका छन्।

यसअघि बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित