दक्षिण कोरियामा शवदाह गृहमा अत्यधिक चाप
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०९ पटक पढिएको
पछिल्लो समय दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । यो संख्या कुल जनसंख्याको बीस प्रतिशत हो। सरकारी अधिकारीहरूका अनुसार कोरियामा अत्यधिक मृत्युदरले देशभरका शवदाह गृहमा अत्यधिक चाप परेको छ।
ओमिक्रोन संस्करणको कारण दक्षिण कोरियामा संकट अत्यधिक बढेको रोयटर्सले जनाएको छ ।
दक्षिण कोरियामा हाल १ करोड ४ लाख २७ हजार संक्रमित छन्। मंगलबारसम्म कोभिडका कारण १३ हजार ४३२ जनाको मृत्यु भएको छ ।
गम्भीर बिरामीको संख्या १ हजार पुगेको छ र अप्रिलको सुरुमा २ हजार पुग्ने अपेक्षा गरिएको छ। मर्क एण्ड कम्पनीले गम्भिर विरामीहरुको उपचारका लागि बनाएको चक्की प्रयोग गर्नको लागि आपतकालीन अनुमति दिइएको छ। यसगरी ‘लेगेभ्रिओ’ भनिने अर्को गोली प्रयोग गर्न पनि अनुमति दिइएको छ।
प्रतिक्रिया दिनुहोस