२०७९ मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९५ पटक पढिएको
प्रदेश १ सरकारले विक्रम संवत् २०७९ मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा आन्तरिक मन्त्रालयले पेश गरेको २०७९ सालमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने प्रस्तावलाई अनुमोदन गर्दै थप तीन दिन बिदा दिने निर्णय गरेको हो ।
सञ्चार तथा यातायातमन्त्री उपेन्द्र घिमिरेका अनुसार बैठकले भदौ ४ गते राधाकृष्ण रथयात्राका दिन, कार्तिक १४ गते छठ पर्वको समापन दिन र कार्तिक २५ गते फाल्गुनन्द दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस