ताइवानमा ६.७ म्याग्निच्युडको भूकम्प

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०६ पटक पढिएको

बुधबार बिहान १ बजेर ४१ मिनेटमा ताइवानको ताइतुङ काउन्टीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा २० किलोमिटर गहिराइमा रहेको रिपोर्ट गरिएको छ। ताइवान मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा शृङ्खलाबद्ध भूकम्प गएको थियो।

अहिलेसम्म ताइतुङ काउन्टीमा भूकम्पमा परी एक जना मात्र घाइते भएको बताइएको छ । भूकम्पको कारण त्यहाँ विद्युत अवरुद्ध भएको र हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक अधिकारीहरुले जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित