सुनको मुल्य प्रतितोलामा ११०० रुपैयाँले गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२७ पटक पढिएको

सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर आज ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा ११०० ले घटेर तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा बुधबार तोलामा ११०० सय रुपैयाँले गिरावट आएको हो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोलामा ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर तोलाको १३ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित