प्रधानमन्त्री देउवा कार्यक्रममा सहभागी हुन बिहीबार तनहुँ जाने

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २२३ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार तनहुँ जाने भएका छन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिएका छन् । 

गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण पश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम समेत रहेको छ । त्यसपछि नेपाली काँग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् भने त्यस लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित