शववाहन सँग मोटरसाइकल ठोक्किँदा आगलागी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५२ पटक पढिएको
भक्तपुरको लोकन्थलीमा शववाहन सँग मोटरसाइकल ठोक्किँदा आगलागी भएको छ । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाट तिर आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहन, बा.५२ प ५३८५ नम्बरको मोटरसाइकलसंग ठोक्किँदा मोटरसाइकल जलेको हो।

उक्त खबर महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताएका छन् । दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३९ वर्षीय भेषकुमार शर्मा घाइते भएका छन् । उनको लोकन्थली स्थित समिट अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस