चुनाव जित्न काँग्रेसबीच एकता हुनुपर्छ : रामचन्द्र पौडेल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९१ पटक पढिएको

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।

आज डुम्रेमा तनहुँ क्षेत्र नं १ (ख) ले  आयोजना गरेको ‘घरघर ​​जाऔं, काँग्रेसलाई जितौँ’ अभियानअन्तर्गत आयोजित र्‍यालीमा वरिष्ठ नेता पौडेलले काँग्रेसबीच एकता कायम गरी चुनावमा जानुपर्नेमा जोड दिएका हुन् ।

पौडेलले स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको जितका लागि तयारी थाल्न आग्रह गरेका छन् । पौडेलले जनतामाझ पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । पौडेलले कांग्रेसको नेतृत्वमा भएकाले तनहुँको विकासका काम सम्पन्न गर्न कांग्रेसले जित्नुपर्ने धारणा राखेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित