लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु मंगलबार पनि जारी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३६७ पटक पढिएको
लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु मंगलबार पनि जारी छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार सोमबार बिहानदेखि कर्फ्यु जारी गरिएको हो ।

आइतबार साँझ लेटाङ–५ मा दोहोरो भिडन्तमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थानीय र प्रहरीबीच झडप भएपछि दङ्गाको आशंकामा मोरङ प्रशासनले सोमबार बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलका अनुसार सोमबारदेखि लगाइएको कर्फ्यु मंगलबार पनि जारी रहनेछ । उनले कर्फ्युपछि अवस्था सामान्य भएको र कर्फ्यु कसरी खुकुलो बनाउने भन्ने विषयमा सुरक्षा समितिको बैठक बस्ने बताए ।
मोरङका प्रहरी प्रमुख एसपी जर्नादन जिसीले यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेलको म्याद थप गरेको बताए । लेटाङमा आइतबार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई आज बेलुका रिहा गर्ने जिसीले बताए ।