चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको सुनुवाई नगर्न सर्वोच्चको आदेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६३ पटक पढिएको

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको सुनुवाई नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको सुनुवाइ स्थगित गरेको छ ।

उमेरका आधारमा रिहा गर्न माग गर्दै शोभराजले पुस ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनी हाल जगन्नाथ देवलको हिरासतमा छन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथ देवललाई विपक्षी बनाएको छ ।

शोभराज मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले गतपुस ८ मा कारण देखाउ आदेश दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित