चीनमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु भएको आशंका

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१३ पटक पढिएको

 

चीनको दक्षिणी पहाडी क्षेत्रमा १३२ जना सवार रहेको यात्रुवाहक विमान सोमबार दुर्घटनाग्रस्त भएको थियो । चाइना इस्टर्न एयरलाइन्सको ७३७–८०० विमान दक्षिणी प्रान्त ग्वाङ्सीको पहाडमा दुर्घटनामा परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विमानमा १३२ जना यात्रु साथै चालकदलका ९ जना सदस्य रहेका चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ । चीनको सीसीटीभीका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भएका छन् र दुर्घटनाका कारण जङ्गलमा लागेको आगो निभाएका छन्।

‘फ्लाइडर्‍याडर २४’ मा प्रकाशित विवरणअनुसार विमान अन्तिम पटक स्थानीय समयानुसार २:२२ मा ३,२२५ फिटको उचाइमा रहेको देखिएको थियो। चीनको दक्षिण पश्चिम प्रान्त युनानको राजधानी कुनमिङस्थित चाङसुई विमानस्थलबाट दिउँसो १ बजे ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेलगत्तै आगलागी भएको ग्लोबल टाइम्सले जनाएको छ ।

चीनको ग्वाङ्शी प्रन्तमा भएको विमान दुर्घटनामा सबै यात्रुहरुको मृत्यु भएको आशंका गरिएको छ।

यसैबीच चिनीयाँ राष्ट्रपति सि जिनपिङले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित