जनप्रतिनिधिलाई पुनः मनोनयन गर्नुपर्ने प्रावधानमा रिट दायार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

सर्वोच्च अदालतले स्थानीय निर्वाचनको आचारसंहिता विरुद्धको मुद्दामा सुनुवाइ गर्ने मिति तोकेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमागल्जेन शेर्पाले आचारसंहिताविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा सुनुवाइ गर्न लागेको हो ।

उनले आयोगले तयार पारेको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिलाई पुनः मनोनयन गर्नुपर्ने प्रावधानलाई फेरबदलको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा निर्वाचनअघि जनप्रतिनिधिले राजीनामा दिएमा स्थानीय तह रिक्त हुने भएकाले उक्त व्यवस्था हटाउन अन्तरिम आदेश माग गरिएको छ । रिटमा निर्वाचन आयोगलाई प्रतिपक्ष बनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित