भारतमा मंगलबार एलपी ग्यासको मूल्यमा ८० रुपैयाँले वृद्धि
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११४ पटक पढिएको
भारतीय आयल निगमले मंगलबार एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८० रुपैयाँ बढाएको छ । आजदेखि १४.२ किलोको सिलिन्डरका लागि थप ८० रुपैयाँ बढाएको हो ।
मूल्य बढेसँगै दिल्लीमा एलपी ग्यास सिलिन्डरको मूल्य बढेर १,५१९.२५ रुपैयाँ पुगेको छ। यस अघि १,४३९.२४ रुपैयाँ थियो । उत्तर प्रदेशको राजधानी लखनउमा ग्यासको मूल्य बढेर १,५८०.०५ रुपैयाँ पुगेको छ भने पटनामा १,६७६.०५ रुपैयाँ पुगेको छ ।
कोलकातामा पनि नयाँ मूल्य १,५६१.६५ रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य १,४८१.६५ रुपैयाँ थियो । यसअघि ग्यासको मूल्य ६ अक्टोबर २०२१ मा बढेको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस