सुनको मूल्य प्रतितोला आज १ लाख नाघ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६१ पटक पढिएको

सुनको मूल्य आज प्रतितोला १ लाख नाघेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको भाउ आज तोलामा ८०० रुपैयाँले वृद्धि हुँदा पुनः १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको ९९ हजार ५०० सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज सुनको भाउ बढेसंगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्यमा २० रुपैयाँले वृद्धि भई १३ सय ९५ पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य हिजो १३ सय ७५ रुपैयाँ कायम थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित