राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९९ पटक पढिएको

मधेस आन्दोलनका लोकप्रिय नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । वीरगन्जमा सोमबार आयोजित भव्य पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईले टीका र माला लगाएर स्वागत गरेका थिए ।

जसपाका सांसद प्रदीप यादवले सिंहलाई पार्टीमा सामेल गराउन वीरगन्जको कफी सपमा पहिलो चरणको वार्ता गरेका थिए । भोलिपल्ट मुख्यमन्त्री लालबाबु राउत, सांसद यादवलगायतका नेता सिंहको घर पुगेर अन्तिम निर्णय गरेका थिए ।

नेता सिंह प्रजातान्त्रिक समाजवादी पार्टी छाडेर एमाले प्रवेश गर्ने तयारीमा थिए । तर, एमालेले यसअघि वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पार्टीमा प्रवेश गरेपछि उनी असन्तुष्ट बनेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित