हतियार बुझाउन सिरहा प्रशासनले दियो निर्देशन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २९८ पटक पढिएको

सिरहा प्रशासनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा कायम गर्न हतियार बुझाउन सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले अनुमति लिएर हतियार राख्ने व्यक्तिलाई हातहतियार र गोली हतियार बुझाउन निर्देशन दिएको छ ।

वैशाख २८ गते स्थानीय तहको निर्वाचन घोषणा भएकाले शान्ति सुरक्षा कायम गर्न इजाजतपत्र प्राप्त हतियार बुझाउन आग्रह गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कावारीले बताए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित