१८ अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११५ पटक पढिएको

नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको दोस्रो कारोबारको दिन सोमबार परिसूचक नेप्से १८ अंकले बढेको छ। आज नेप्से परिसूचक १८ अंकले बढेसंगै २६३४ अंकमा कायम भएको छ। परिसूचक नेप्सेमा ०.६९ प्रतिशतले वृद्धि भएपछि २६३४.५४ अंकमा बन्द भएको छ ।

आज कारोबार रकम पनि सामान्य बढेर २ अर्ब ५९ करोडको कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब २७ करोडको कारोबार भएको थियो ।

आज बजारमा नेपाल दुरसञ्चार कम्पनीको  सवार्धिक करिब २० करोड ९५ लाखको सेयर कारोबार भएको छ । यस्तै  अरुण भ्याली हाइड्रोपावरको ९ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको पनि ९ करोडको कारोबार भएको छ ।

आज कारोबार भएकोमध्ये इमर्जिङ नेपालको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ङ्याली ग्रुप पावरको ७.६७ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल ६.७४ प्रतिशतले बढेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित