भोलिबाट दयाहाङ राईको नाटक मीतज्यू मञ्चन हुने
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११९ पटक पढिएको
भोलिबाट मण्डला थिएटरमा दयाहाङ राईको नाटक मीतज्यू मञ्चन हुने भएको छ। मण्डला थिएटर नेपालले पहिलो पटक आफ्नो पूर्ण लम्बाइको नाटक डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।
सोमनाथ खनालको लेखन तथा दयाहाङ राईको निर्देशनमा बनेको मितज्यु नाटक मण्डलाले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने भएको छ । उक्त नाटक भोलिबाट १३ गते सम्म मञ्चन हुने भएको छ।
हरेक दिन साँझ ५ बजेबाट सुरु हुनेछ भने शुक्रबार र शनिबार चाहिँ दिउँसो १ बजे पनि नाटक मञ्चन हुने मण्डला थिएटरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस