मस्कोलाई हतियार उपलब्ध नगर्ने : चीन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११७ पटक पढिएको
संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर मस्कोलाई हतियार उपलब्ध नगर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङलाई आफ्नो समर्थनको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिरहेको बेला चिनियाँ राजदूतले यस्तो प्रतिक्रिया दिएका हुन् ।
गत साता संचार माध्यमहरुले बेइजिङले मस्कोलाई हतियार आपूर्ति गर्न तयार रहेको विवरण सार्वजनिक गरेका थिए। यद्यपि, चीनले आरोपहरूलाई अस्वीकार गर्दै "गलत सूचना" भनेको छ। तर, रुसी आक्रमणप्रति चीनले आफ्नो अडान नरम पारेको छ ।
प्रतिक्रिया दिनुहोस