नेपालले युएईविरुद्ध बलिङ गर्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३७४ पटक पढिएको

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले युएईविरुद्ध बलिङ गर्दैछ । अघिल्लो खेलमा ब्याटिङको अभावका कारण ४८ रनले पराजित भएको नेपाल आज जितको लक्ष्यमा छ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

नेपालले युएईसँग खेलेको यो तेस्रो सिरिज हो ।कमजोर ब्याटिङका ​​कारण अघिल्लो खेल गुमाएपछि नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले ब्याटिङमा सुधार गर्न खेलाडी परिवर्तन गरेको छ ।

नेपालले ओपनर आसिफ शेख, फास्ट बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई युएईविरुद्धको बेन्चमा राख्ने निर्णय गरेको छ । उनको स्थानमा विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफ प्लेइङ–११ मा फर्किएका छन् ।

नेपालले १० खेलमा ५ जित हात पार्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा छ । १७ मध्ये ९ खेल जितेर २० अंकसहित युएई दोस्रो स्थानमा छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित